ठूला राजनीतिक दलले मुलुकलाई असफल पारे : लोहनी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले नेपालका ठूला राजनीतिक दलहरूले प्रयोग गर्दै आएको कूटनीतिले मुलुकलाई असफल पारिरहेको बताउनुभएको छ ।

लोहनीले नेपालको राजनीति तथा वर्तमान अन्तर्राष्ट्रिय सम्बन्धको बारेमा चर्चा गर्दै सोमबार यस्तो बताउनुभएको हो । राप्रपा आवद्ध अन्तर्राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालका राजनीतिक दलहरूको कूटनीतिले मुलुकलाई असफल बनाएको बताउनुभयो ।अन्तर्राष्ट्रिय प्रजातान्त्रिक​ युवा संघले प्रत्येक वर्ष गर्दै आएको कार्यक्रम यस वर्ष नेपालको तर्फबाट भएको थियो।कार्यक्रमको सञ्चालन अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा संघका उपाध्यक्ष हिक्मतजंग कार्कीले गर्नुभएको छ ।

कार्यक्रममा ३४ देशको सहभागिता रहेको थियो। नेपालबाट डा. लोहनी, डा. गीताभक्त जोशी, सागर थापा, रिद्धिप्रताप जंगबहादुर राणालगायतका नेताहरूको सहभागिता रहेको थियो।कार्यक्रममा लोहनीले नेपालको राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा चर्चा गरेको उपाध्यक्ष कार्कीले जानकारी दिनुभयो । कार्यक्रममा अफ्रिका, जर्मनी, बेलायत, भारत, इटाली, अमेरिका तथा अष्ट्रेलियालगायत २९ राष्ट्रको सहभागिता रहेको उपाध्यक्ष कार्कीले बताउनुभयो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार