सर्वोच्चका न्यायाधीश श्रेष्ठले लिए सपथ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । न्यायाधीश श्रेष्ठले कामु प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष सपथ दिनुभएको हो । न्याय परिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार श्रेष्ठलाई नियुक्त गर्नुभएको थियो । यसअघि श्रेष्ठ उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश हुनुहुन्थ्यो। अनलाइन्खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार