डम्मरामा दुई सवारीसाधनमा आगलागी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा दुई सवारीसाधनमा आगलागी भएको छ । विहिबार विहान करिब ४ बजे रोकेर राखिएका भ्यान र ट्याक्सीमा अज्ञात ब्यक्तिबाट आगलागी भएको हो ।

सडकमै पार्किङमा रहेका ध १ ज ९८६ नम्वरको भ्यान र ध १ ज ७२६ नम्वरको ट्याक्सीमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विरेन्द्र गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार, सवारी साधनमा आगलागी गर्ने ब्यक्तिहरुको पहिचान भएको छैन् । बुधबार बेलुका करिव ७ बजे दुबै सवारीसाधन एक आपसमा ठोक्कीएर सामान्य दुर्घटना भएपछि विहिबार छलफल गरेर सवारीसाधन लैजाने गरी दुवै सवारी साधनलाई डम्मरामानै पार्किङ गरिएको थियो । तर, दुवै सवारीसाधनमा आगलागी भएपछि घटना रहस्यमय बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार