भकिम्लीमा आँखा शिविर

बेनी । म्याग्दीको बेनी नगरपालिका –३,भकिम्लीमा बिहिबार आँखा उपचार शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योती संघ म्याग्दीले आयोजना गरेको शिविरबाट २०० जनाको आँखा परिक्षण गरिएको छ ।

संघका अध्यक्ष अमर बाँनियाले ४ जना मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामी पहिचान भएका बताउनुभयो । १०० जनालाई निशुल्क चश्मा र १४५ जनालाई औषधी वितरण गरिएको थियो । भकिम्लीका वडा अध्यक्ष पदम पुनले शिविरको उद्घाटन गर्नुभएको थियो । नेत्रज्योती संघका प्राविधिक दिनेश बाँनिया सहितको स्वास्थ्यकर्मी टोलीले सेवा दिनुभएको थियो ।

संघका सचिव राजेन्द्र कुमार श्रेष्ठको संयोजकत्वमा शिविर सञ्चालन भएको थियो । शिविर सञ्चालन गर्न बोनी नगरपालिका र हाल अमेरिकामा रहनुभएका दल र पुष्पा श्रेष्ठले सहयोग गर्नुभएको छ । शुक्रबार घतान र शनिबार पात्लेखेतमा आयोजना गरिने शिविरमा पहिचान हुने मोतियाबिन्दुका बिरामीको लागि बेनीमा शल्यक्रिया शिविर गर्ने संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार