बेनी नगरपालिका–१ मा एमालेबाट वडा अध्यक्षको उम्मेदवारमा थापा मगर

म्याग्दी । नेकपा एमालेले बेनी नगरपालिका– १, रत्नेचौरमा टेक बहादुर थापा मगरलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । शनिबार आयोजित वडा कमिटीको बैठकबाट वडा कमिटिका अध्यक्ष समेत रहुनुभएको थापा मगरलाई सर्बसम्मत रुपमा अध्यक्षको उम्मेदवार चयन गरिएको हो ।

थापा उपल्लाचौर निबासी हुनुहुन्छ । वडा सचिवको रुपमा कार्यरत थापा अवकास प्राप्त भएपछि एमालेको राजनीतिमा सक्रिय हुनुभएको थियो । त्यस्तै वडा कमिटी बैठकले ताराप्रसाद थापालाई सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रिय सदस्य एवँ जिल्ला इन्चार्ज भूपेन्द्र थापाले अव जिल्लाका सवै वडाहरुमा धमाधम अध्यक्ष लगायत सदस्यहरको उम्मेदवार टुङगो लगाउने कार्य भईरहेको बताउनुभयो ।

अन्य दलहरुले गठबन्धन गरि जिल्लामा एमाले एक्लै चुनावमा जान सक्ने अवस्था भएकाले पनि उम्मेदवार छनौटमा ढिला गर्न नहुने थापाको भनाई थियो ।नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य सन्तोष रावलले रत्नेचौरमा एमालेको संगठन राम्रो भएकाले हिजो जस्तै आसन्न स्थानीय तहको निर्वाचनमा पनि एमालेकै जित हुने दावि गर्नुभयो । बैठकमा नेकपा एमाले म्याग्दीका उपसचिव राजकुमार थापा, बेनपा १ का वडा अध्यक्ष टेक बहादुर रावल लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार