थप २३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ४७ पीसीआर परीक्षणमा २३ जनामा कोरोना देखिएको हो ।  १ हजार ६२ जनाको एन्टीजेन परीक्षणमा भने सबैकोे नेगेटिभ रिपोर्ट आएको छ ।

यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ६६ जना निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ८ सय ९९ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार