खाना पकाउने ग्यास विस्फोट हुँदा तीन जना बालबालिकाको मृत्यु

सिन्धुपाल्चोक । खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ। बाह्रबिसे नगरपालिका–८ मानेश्वाराको स्थानीय लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको हो ।

स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा आज साँझ ७ बजे ग्यास विस्फोट भएको हो । घरमा आगलागी हुँदा उनका छोरा १० वर्षका इशाक, कुमार तामाङका ६ वर्षको छोरा सरगम तामाङ र छिमेकी पदम तामाङको साढे दुई वर्षकी छोरी दिव्या तामाङको जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो।

आगोमा जलेर उनीहरूको घरभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ। मीनबहादुर पनि घाइते भएको र उनलाई उपचारको लागि अस्पताल लगिएको छ।बेलुका ७:२० मा मीनबहादुर तामाङको एकतले घरमा खाना पकाउने क्रममा ग्यास विस्फोट भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनुभयो।खनालका अनुसार बेलुका ग्यास खोल्ने क्रममा एक्कासी विस्फोट भएको थियो। अहिले प्रहरी घटनास्थलमा पुगेको र ग्यास विस्फोटबारे अनुसन्धान गरिरहेको खनालले बताउनुभयो। सेतोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार