मन्त्री आलेको स्पष्टीकरणविरुद्धको रिटमा न्यायाधीश चुडालको इजलासमा

काठमाडौँ । अनाधिकृत रूपमा स्पष्टीकरण सोधेको भन्दै नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ । रिटको पेसी न्यायाधीश डा.कुमार चुडालको एकल इजलासमा तोकिएको छ ।

पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मन्त्री प्रेमबहादुर आलेलाई विपक्षी बनाएका छन् ।उनले रिटमार्फत् अनाधिकृत व्यक्ति र निकायबाट स्पष्टीकरण सोध्न नमिल्ने र त्यसलाई बदर गर्न माग गरेको बताए ।मन्त्री आलेले वायुसेवा निगमको बैठकमा नगइ असहयोग गरेको लगायत विषयमा स्पष्टीकरण सोधेका थिए ।हाल पौडेल मन्त्रालयमा तानिएका छन् । यसपछि उनी १० चैतमा सर्वोच्च अदालत पुगेका हुन् । नागरिक खबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार