एआइजी बढुवा सिफारिसविरुद्धको रिटको पेसी एकल इजलासमा

काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा सिफारिस गर्दा विभेद गरेको भन्दै तीन जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)ले दायर गरेको रिटको आज पनि पेसी तोकिएको छ ।

न्यायाधीश डा.कुमार चुडालको एकल इजलासमा रिटको पेसी तोकिएको हो । यही १७ चैतमा डिआइजी ईश्वरबाबु कार्की, २० चैतमा घनश्याम अर्याल र प्रकाशजंग कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् । उनीहरूले रिटमार्फत् कनिष्ट डिआइजीलाई एआइजीमा बढुवा गर्ने निर्णय बदरको माग गरेका छन् ।मन्त्रिपरिषद् बैठकले सोही दिन डिआइजीहरू वसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

उनीहरूलाई गृहसचिव टेकनारायण पाण्डे संयोजक रहेको बढुवा समितिले १ चैतमा बढुवा सिफारिस गरेको थियो । तर, उनीहरूभन्दा वरियतामा डिआइजी कार्कीसँगै अन्य डिआइजीहरू घनश्याम अर्याल र प्रकाश कार्की अघि थिए ।पाण्डे नेतृत्वको समितिले वरियता मिचेर बढुवा सिफारिस गरेको भन्दै डिआइजी कार्कीलगायत सर्वोच्च पुगेका हुन् । नागरिक खबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार