केन्द्रबाट तालमेल गर्न खोजे देशव्यापी विरोध हुन्छ : कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले केन्द्रबाट तालमेल गर्न खोजे देशव्यापी विरोध हुने चेतावनी दिनुभएको छ। पार्टीले गरेको निर्णय अनुसार आवश्यकता र औचित्यको आधारमा तालमेल हुने बताउँदै कोइरालाले केन्द्रबाट तालमेल लाद्न नहुने उहाँले बताउनुभएको हो ।

केन्द्रमा धेरैले गठबन्धन गर्ने भने पनि आफूहरूले बीचको बाटो लिने निर्णय गरेको उहाँको भनाइ छ। फरक प्रसङ्गमा पार्टीले नै तालमेल गरेर जान सक्ने निर्णय गरेको कारण गठबन्धनले संयन्त्र बनाउने निर्णय सही भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘संयन्त्र बनाउने कुरा सामान्य हो ।’

सत्तारुढ गठबन्धनले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले संयोजक पौडेलसहित १० सदस्यीय समिति गठन गरेको थियो । नेता कोइरालाले सभापतिले भागबण्डाको राजनीति गर्न नहुने र न्यायोचित ढङ्गले पार्टी चलाउनु पर्ने माग गर्नुभयो । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार