टिकट वितरणको विषयमा कांग्रेस नेताबीच कुटाकुट, गाउँपालिका अध्यक्ष घाइते

धादिङ । धादिङमा स्थानीय तहको निर्वाचनका लागि टिकट वितरणका विषयमा विवाद हुँदा नेपाली कांग्रेसका नेताबीच कुटाकुट भएको छ । हात हालाहाल हुँदा नेपाली कांग्रेसका नेता तथा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते हुनुभएको छ ।

तर, उहाँको अवस्था सामान्य रहेको धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जागेश्वर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार घटना मंगलबार रातिको हो ।आक्रमणबाट गाउँपालिका अध्यक्ष तामाङको अनुहारमा चोट लागेको छ । कांग्रेस कार्यकर्ता राजु पाख्रिनको समूहले आक्रमण गरेको अध्यक्ष तामाङले आरोप लगाउनुभएको छ । पाख्रिन र तामाङबबीच टिकटका विषयमा विवाद भएको बताइएको छ ।

घाइते तामाङको सत्यादेवी स्वास्थ्यचौकीमा उपचार गरिएको छ । आरोपति पाख्रिनलाई गएराति दार्खा प्रहरी चौकीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ । त्यसका लागि राजनीतिक दलहरु प्रचार अभियानका साथै उम्मेदवार चयनमा केन्द्रित भइरहेका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार