उत्पादनको नीति र योजनासहित कांग्रेस अघि बढ्नुपर्छ : पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले उत्पादनको नीति र योजनासहित पार्टी अघि बढ्नुपर्ने बताउनुभएको छ । आगामी निर्वाचनमा जाँदा पार्टीले राजनीति शुद्धिकरण गर्दै उत्पादनको नीति र योजनालाई अगाडि बढाउनुपर्ने पौडेलले बताउनुभयो ।

‘देशमा लोकतान्त्रिक व्यवस्था स्थापना भइसकेको छ। अबको बाटो आर्थिक विकास र गुणस्तर विकासको हुनुपर्दछ,’ शंकरदेव क्याम्पसले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा उहाँले भन्नुभयो, ‘आर्थिक विकासको कांग्रेसको नेतृत्वमा हुनुपर्छ।’उहाँले राज्यले जनतालाई दिने हरेक क्षेत्रका सेवा तथा सुविधामा गुणस्तरको वृद्धि हुँदै जानुपर्ने पनि बताउनुभएको थियो।

सोही कार्यक्रममा नेविसंघका पूर्वमहामन्त्री बलदेव तिमिल्सिनाले आर्थिक विकासका लागि उत्पादन पहिलो शर्त भएको बताउनुभयो । उहाँले आर्थिक विकासविना लोकतन्त्र बलियो हुन नसक्ने बताउनुभयो । कृषि तथा दैनिक भान्सामा प्रयोग हुने उपभोग्य बस्तुको उत्पादनलाई जोड दिनुपर्ने उहाँको भनाइ थियो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार