स्थानीय तह निर्वाचन : कांग्रेसबाट बेनपा–३ मा रोका र ४ मा बानियाँ उम्मेद्वार

बेनी । नेपाली कांग्रेसले बेनी नगरपालिका–३,ले वडा अध्यक्षमा होमबहादुर रोकालाई अगाडी सारेको छ । भने वडा नं. ४ मा सुमन बानियाँलाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेद्धार बनाउने निर्णय गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रोका र बानियाँ वडा अध्यक्ष पदमा उम्मेद्वार छनौट हुनुभएको हो ।

भकिम्लीमा मंगलबार आयोजित भेलाबाट तरुण दल भकिम्लीका अध्यक्ष समेत रहनुभएका रोकालाई सर्वसम्मत रूपमा अध्यक्षको उम्मेद्वार बनाउने निर्णय भएको नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि मनकुमारी विकले जानकारी दिनुभयो । रोकालाई वडा अध्यक्षको उम्मेदवार बनाइएपनि अन्य सदस्यहरुका बारेमा अर्को बैठकमा छलफल हुने जनाइएको छ । वडाभित्र सबै सर्वसम्मत उम्मेवदार बन्ने वडा कमिटीले जनाएको छ ।

त्यस्तै नेपाली कांग्रेस बेनी नगरपालिका–४,ले वडा अध्यक्षमा सुमन बानियाँलाई सर्वसम्मत गरेको छ। मंगलबार आयोजित भेलाबाट वडा समितिका सभापति समेत रहनुभएका बानियाँलाई सर्वसम्मत रूपमा अध्यक्षको उम्मेद्वार बनाउने निर्णय भएको नेपाली कांग्रेसले जनाएको छ । अगामी वैशाख ३० गते हुने निर्वाचनमा सर्वसम्मत वडा अध्यक्षको उम्मेद्वार बानियाँ बालमन्दिर आधरभुत बिध्यालय अध्यक्ष,तरुणदल म्याग्दीको सचीव म्याग्दी जेसीजको कोषाध्यक्ष समेत हुनुहुन्छ ।

सामाजिक र राजनीतिक गतिविधिमा केन्द्रित बानियाँले वडाको विकास निर्माण सहित मतदातालाई पाँचबर्षसम्म काम गरेर देखाउन निर्वाचनमा होमिएको बताउनुभयो । म्याग्दीमा माओवादी र नेपाली कांग्रेस सहितको सत्ता गठबन्धको चर्चा मै समिति भएको छ । दुबै पक्षले धमाधम उम्मेदवारी घोषणा गर्न थालेपछि आफ्नै तयारीमा जुटेका छन् ।

भकिम्लीमा माओवादी केन्द्रबाट पदम पुन र नेकपा एमालेबाट गेमबहादुर घर्तीमगरले यसअगाडी नै उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।यता सत्ता गठबन्धन बिचको तालमेलको चर्चा जारी रहेको बेलामा कांग्रेस, माओवादी, एकिकृत समाजवादीले समेत आफ्नो उम्मेदवारको सूची बनाउन थालेका छन् । जिल्लामा पहिलो चरणमा प्रारम्भीक छलफल भएपनि गठबन्धनको ठोस नतिजा आउन सकेको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार