मालिका गाउँपालिकाका ७ वटै वडामा कांग्रेसले वडा अध्यक्षका उम्मेद्धार छान्यो

बेनी । म्याग्दीको मालिका गाउँपालिकाका सात वटै वडामा नेपाली कांग्रेसले वडा अध्यक्षका उम्मेद्धार छनौट गरेको छ । आगामी ३० बैशाखमा हुने निर्वाचनको लागि पालिकाका सबै वडामा बसेको कांग्रेसको वडा इकाई भेलाले सर्वसम्मत वडा अध्यक्ष पदमा उम्मेद्धार छनौट गरेको हो ।

वडा नम्बर १ मा वर्तमान वडा अध्यक्ष टंकप्रसाद पुनलाई दोहो¥याएको छ । पुन कांग्रेस प्रदेश सभा क्षेत्र ‘ख’का सभापति समेत हुनुहुन्छ ।वडा नम्बर २ मा ताराबहादुर रोका मगरलाई वडा अध्यक्ष पदमा उम्मेद्धारी छनौट गरेको छ । युवा नेता रोका मगर ०७४को स्थानीय तहको निर्वाचनमा पराजित हुनुभएको थियो ।

वडा नम्बर ३ मा श्यामबहादुर बुढाथोकी मगरलाई वडा अध्यक्ष पदमा उम्मेद्धार छनौट गरिएको वडा इकाई समितिले जनाएको छ । वडा नम्बर ४ मा भेजेन्द्रमान पुनलाई उम्मेद्धार छनौट गरिएको छ । वडा नम्बर ५ मा वर्तमान वडा सदस्य मिम पुनलाई वडा अध्यक्ष पदमा उठाउने निर्णय गरिएको वडा इकाई समितिले जनाएको छ । वडा नम्बर ६ मा युवा नेता खिमबहादुर पुनलाई वडा अध्यक्ष पदमा उठाउने निर्णय गरिएको वडा इकाई समितिले जनाएको छ ।

सामाजिक काममा सक्रिय युवा नेता पुन कांग्रेस मालिका गाउँपालिका सभापति समेत हुनुहुन्छ । त्यसैगरी वडा नम्बर ७ मा लोककुमार पुनलाई वडा अध्यक्ष पदमा उम्मेद्धार छनौट गरिएको छ । वडा सदस्यहरु सहित वडा अध्यक्षका उम्मेद्धार वडा इकाई भेलाले सर्वसम्मत रुपमा चयन गरेर पालिकालाई सिफारिस गरिएको जनाइएको छ ।मालिका गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसबाट वर्तमान गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर आकांक्षी देखिनुभएको छ । कांग्रेस म्याग्दीले निर्वाचन लक्षित कार्यक्रमलाई तिब्रता दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार