बूढीगण्डकी आयोजनाबारे ओली र बाबुरामको आत्मआलोचना सुन्न पाइयोस् : महामन्त्री शर्मा

काठमाडौँ । सरकारले बूढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक स्रोतबाट नै बूढीगण्डकी आयोजना निर्माण गर्ने निर्णय गरेको हो।

यसअघि ०७४ कात्तिकमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पनि बुढीगण्डकी आयोजना स्वदेशकै लगानीमा बनाउने निर्णय भएको थियो।तर देउवा सरकारको निर्णय उल्टाएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बूढीगण्डकी आयोजना चाइना गेजुवा ग्रुप कम्पनीलाई बनाउन दिने निर्णय भएको थियो।

बूढीगण्डकी आयोजना निर्माणको जिम्मा ओली सरकारले गेजुवालाई दिएपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले तत्कालीन प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले ९ अर्ब खाएको आरोप लगाउनुभएको थियो । तर बिहीबारको मन्त्रिपरिषद बैठकले बूढीगण्डकी आयोजना स्वदेशकै लगानीमा बनाउने निर्णय गरेपछि नेपाली कांग्रेसले उक्त निर्णयको स्वागत गरेको छ।

महामन्त्री विश्वप्रकाश शर्माले बूढीगण्डकी आयोजना स्वदेशकै लगानीमा बनाउने सरकारको निर्णय स्वागतयोग्य रहेको बताउनुभयो । साथै उहाँले ओलीको आत्मआलोचना सुन्न पाइने अपेक्षा पनि गर्नुभएको छ । ‘बूढीगण्डकी स्वदेशी लगानीमै निर्माण गर्ने सरकारको निर्णय स्वागतयोग्य छ। केपी शर्मा ओलीको आत्मआलोचना सुन्न पाइने अपेक्षा,’ शर्माले आज ट्वीट गर्दै भन्नुभएको छ, ‘नौ अर्ब बाँडेर खाएको आरोप फिर्ता लिन श्रदेय बाबुराम भट्टराईको आत्मआलोचना सुन्न पाइने अपेक्षा छ।

९ अर्ब बाँडेर खाएको आरोप फिर्ता लिन बाबुराम भट्टराईले लज्जाबोध नगर्नु हुने आशा पनि छ, आवेग परित्याग गरेर विवेक अघि लगाऔं।’शर्माले ०७४ को कांग्रेस नेतृत्वको सरकारले स्वर्णिम वाग्ले संयोजकत्वको कार्यदलले गरेको अध्ययन र प्रस्ताव अनुरुप बूढीगण्डकी स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय गरेको पनि बताउनुभएको छ। ‘ओली सरकारले विवादास्पद कम्पनी गेजुवालाई विनाप्रतिस्पर्धा सुम्पिने निर्णय गरेर भएको भविष्य अन्यौल अब रहनुहुन्न,’ उहाँले भन्नुभयो शर्माले परियोजना स्वदेशी लगानीमै बनाउनु अनेक कोणबाट जरूरी भएको पनि बताउनुभएको छ।

‘१२ सय मेगावाटको विद्युत् उत्पादन मात्रै होइन, फेवातालभन्दा दशौंगुणा ठूलो जलाशय, वृहत् पर्यटनको केन्द्र, पिउने पानी र सिँचाइको विशाल भण्डारी यस्तो बहुउद्देश्यीय परियोजना स्वदेशी लगानीमै बनाउनु अनेक कोणबाट जरुरी थियो िअब कुनै बिध्न आउन नदिन सरकार, प्रतिपक्ष र दलहरु गम्भीर बन्न जरुरी,’ उहाँले भन्नुभएको छ, ‘डिजेल र पेट्रोल खरिद गर्दा प्रतिलिटर अघि ५ पछि १० रुपैयाँ गरेर बूढीगण्डकीका लागि अर्बौं रकम जनताबाट उठिसकेको छ
। मुआब्जा टुंग्याएर, सरकार र नीजि क्षेत्रको लगानी सुनिश्चित गरेर यसलाई गति दिन अब ढिलाइ गर्नुहुन्न समृद्धिको साझा दायित्वस् आवेगमुक्त साझा अठोटमा देश जुट्नुपर्छ । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार