एमाले सरकारबाट हटेको नौ महिनामै देशको अर्थतन्त्र ध्वस्त भयो : ओली

बाँके । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सरकारबाट हटेको नौ महिनामै देशको अर्थतन्त्र ध्वस्त भएको बताउनुभएको छ ।

उहाँले त्यसको अर्थतन्त्र ध्वस्त हुनुको कारण पाँच दलीय गठबन्धनको असक्षमता नै भएको जिकिर गर्नुभयो । उहाँले यी सबै समस्याबाट पार लगाउन एमालेलाई जिताउनुपर्ने बताउनुभयो।

सरकारले अर्थतन्त्र सुधार गर्नभन्दा योजनाहरु कटौति गर्न थालेकोले अब वृद्ध भत्तासमेत बाँड्न रोक्ने आशंका ओलीले व्यक्त गर्नुभयो । पाँच दलीय गठबन्धनलाई हराउन सकिएन भने देशी विदेशीशक्तिको षड्यन्त्र सफल हुने पनि ओलीको तर्क छ।

ओलीले मुलुक बनाउन अब पाँच दलीय गठबन्धनलाई हराउन अपरिहार्य रहेको तर्क गर्नुभयो। ‘देशको अर्थतन्त्र बचाउन, देशी विदेशी प्रतिक्रियावादीहरुको चलखेल हुनबाट जोगाउन र समृद्धिको लक्ष्य प्राप्त गर्न यो अपवित्र गठबन्धनलाई बढार्नुपर्छ। एमालेलाई जिताउनुपर्छ। यही सन्देश लिएर जनतामाझ जानुहोस्,’ उहाँले अगुवा कार्यकर्ताहरुलाई भन्नुभयो। nagariknews.nagariknetworkबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार