काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ पछि नेपाल काँग्रेस एमाले र माओवादीको गठबन्धनको शिकार भएको आरोप लगाउनुभएको छ । शुक्रबार काठमाडौको खुलामञ्चमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश सामान्य अवस्थाबाट देखेजस्तो नभएको भन्दै इतिहासकै कठिन ढंगबाट चलिरहेको बताउनुभयो ।
‘देश सामान्य अवस्थाबाट देखेजस्तो छैन । इतिहासकै कठिन ढंगबाट चलिरहेको छ’, उहाँले भन्नुभयो , ‘ठिक ढंगले निर्णय गर्न सकेनौ भने असफल राष्ट्रका रुपमा देखा पर्न सक्छ ।’ उहाँले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता स्वीकार्दा के भनिएको थियो ? भन्दै २०४६ पछि निरन्तर रुपमा देशमा सिमित नेता र दलको मुठिमा सिमित हुँदा दुर्दशा भएको आरोप लगाउनुभयो । ‘यो देश काँग्रेस एमाले माओवादीको अघोषित गठबन्धनको शिकार भएको छ, देश वेरोजगार उत्पादन गर्ने कारखाना भएको छ’, लिङ्देनको भनाइ छ ।
उहाँले बैंकको पैसा कहाँ गयो भन्दै ३१ बर्षसम्म सरकार चलाउदा पनि देश बनाउन नसक्ने तीन ठुला दल असफल भैसकेको दावी गर्नुभयो। उहाँले दल असफल हुँदा चिन्ता नुहने भन्दै देश असफल बनाएकोमा राप्रपाको चिन्ता रहेको बताउनुभयो । अध्यक्ष लिङ्देनले देशका उद्योग धन्दा बन्द रहेको भन्दै कुनै करदाताले कर तिर्न पनि उद्योग बेच्नुपर्ने अवस्था आएको बताउनुभयो । रातोपाटीबाट