सत्ता गठबन्धन भत्किदैन ः गृहमन्त्री खाँँण

म्याग्दी । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले सत्ता गठबन्धन नभत्किने बताएका छन् । नेपाल छन्त्याल संघको सातौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्न शुक्रबार बेनी आएका गृहमन्त्री खाँणले काँग्रेसका जिल्लास्तरीय नेता तथा कार्यकर्ता सँगको भेटघाट कार्यक्रममा संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको गठबन्धनलाई स्थानीय तहको निर्वाचन सम्म पु¥याएर सफलता हासिल गर्नुपर्ने बताए ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेका गृहमन्त्री खाँणले सत्ता गठबन्धनका पक्षमा सकरात्मक वातावरण पार्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने निर्णय गरेकाले यो निर्णयको पक्षमा शसक्त भएर उभिन काँग्रेस नेता तथा कार्यकर्तालाई उनले अनुरोध गरे ।

‘गठबन्धनप्रति मेरो पूर्ण विश्वास छ । गठबन्धनका लागि हामीले उनीहरुलाई बचन दिएका छौं,’गृहमन्त्री खाँणले भने,‘ खोला त¥यो लौरो बिस्र्यो त गर्नु भएन नी ।’ सत्ता गठबन्धनमा आवद्ध दलहरुलाई हामीले पुरा विश्वास दिलाएका छौं,’उनले थपे ‘त्यसैले काँग्रेसले उनीहरुप्रति विश्वास घात गर्नुहुँदैन ।’

म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिका वडा नम्बर १ गुर्जा पुगेर फर्किएका गृहमन्त्री खाँणले अहिलेसम्म मोटरबाटो नपुगेका वडा र गाँउलाई अति दुर्गम स्थानका रूपमा परिभाषित गरेर त्यही अनुसारको बजेट छुट्टयाई विकास गर्ने वातावरण निर्माण गर्न पहल गर्ने बताएका छन् ।

तत्कालिन केपी शर्मा ओली सरकारले संविधान र लोकतन्त्रमाथि प्रहार गरेकाले त्यसका विरुद्ध संसदमा भएका माओवादी लगायतका दलहरुसँग सहकार्य गरेर काँग्रेसले मुलुकलाई बचाएको उनको भनाई थियो ।‘हामी संसदमा सानो संख्यामा थियौं काँग्रेस एक्लैले मुलुकलाई सहिबाटोमा ल्याउन सक्ने अवस्था थिएन’,उनले भने , ‘माओवादी लगायतका अन्य साना दलहरुको सहयोगले नै कठिन परिस्थितिमा मुलुकको नेतृत्व गर्ने अवसर हामीले पाएका छौं यो कुरा विर्सिनु हुँदैन,त्यसैले काँग्रेस स्थानीय तह निर्वाचनमा गठबन्धनका पक्षमा उभिएको हो ।’

राजनीतिक र वैचारिक रुपमा भिन्न भएपनि मुलुकको हितका लागि काँग्रेसले माओवादी र समाजवादी लगायत अन्य दलहरुसँग गठबन्धन गरेर जानुपर्ने अवस्था सिर्जना भएको गृहमन्त्री खाँणको भनाई थियो । प्रतिपक्ष एमालेको अवरोधका कारण नागरिकता ऐन संसदबाट पारित हुन नसकेको उनले बताए ।

साथै गृहमन्त्री खाँणले बेनीमा सुरु भएको नेपाल छन्त्याल संघको सातौं राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै छन्त्याल जातीहरुको पहिचान,कला संस्कृति संरक्षणका लागि सरकारले प्राथमिकतामा राखेको बताए । संविधानले समावेशीतालाई अंगालेकाले राज्यका सवै निकायमा छन्त्याल जातीको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न सरकार लागेको उनको भनाई थियो ।

भेटघाट कार्यक्रममा आदीवासी जनजाती महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा ,नेपाल तरुणदलका अध्यक्ष विद्धान गुरुङ,कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ,संविधानसभा सदस्य रेशमबहादुर बानियाँ लगायतले बोलेका थिए । भेटघाट कार्यक्रममा कांग्रेस म्याग्दीका उपसभापति एवं बेनी नगरका प्रमुख हरिकुमार श्रेष्ठले स्वागत गर्नुभएको थियो भने सचिव हिराबहादुर पुनले संचालन गर्नुभएको थियो ।  महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष मोहन छन्त्यालले बताए । दुईदिन सम्म सञ्चालन हुने महाधिवेशनमा देशभरका करिब ३ सय पचास जना प्रतिनिधिहरु बेनीमा भेला भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार