माओवादी केन्द्र परित्याग गरी कांग्रेस प्रवेश

बेनी । नेकपा माओवादी केन्द्र बेनी नगरपालिका वडा नम्बर ५ इकाई कमिटिका उपाध्यक्ष भरत भण्डारी र कोषाध्यक्ष मुरारी शर्मा पार्टी परित्याग गरि कांग्रेस प्रवेश गर्नुभएको छ । शुक्रबार कांग्रेस म्याग्दीको कार्यालयमा आयाजित एक कार्यक्रमका विच कांग्रेस प्रवेश गर्नुभएको हो ।

कांग्रेस प्रवेश गर्नुभएका भण्डारी र शर्मालाई गृहमन्त्री बालकृष्ण खाँणले सदस्यता पत्र वितरण गर्नुभयो । सोही कार्यक्रमको अवसरमा बेनी नगरपालिका वडा नम्बर १० निवासी क्याप्टेन प्रताप मल्ल पनि कांग्रेस प्रवेश गर्नुभएको छ । उहाँलाई गृहमन्त्री खाँणले सदस्यतापत्र वितरण गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार