बेनी नगरपालिका–८ मा एमालेबाट उत्तम कर्माचार्य चुनावी मैदानमा

बेनी । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बेनी नगरपालिका– ८, मा उत्तम कुमार कर्माचार्यलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । आइतवार बसेको वडा कमिटीको बैठकले कर्माचार्यलाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

कर्माचार्य नेकपा एमाले जिल्ला कमिटी सदस्य हुनुहुन्छ । म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहनुभएका कर्माचार्य जिल्लाका स्थापित व्यवसायी हुनुहुन्छ । थुप्रै सामाजिक संघसंस्थामा आवद्ध उहाँ कुशल नेतृत्व गर्न सक्ने व्यक्तिको रुपमा परिचित हुनुहुन्छ ।

हालको वडा अध्यक्ष रामकृष्ण बराईली र वडा कमिटी अध्यक्ष ठाकुरप्रसाद शर्माले पनि कर्माचार्यलाई नै समर्थन गर्नुभएको थियो । अध्यक्ष बाहेकका अरु सदस्यहरुको भने टुङ्गो लगाईएको छैन ।

सवै टोल र समुदायको प्रतिनिधित्व हुने गरि सदस्यका लागि उम्मेदवार छनौट गर्न लागिएको वडा कमिटी अध्यक्ष शर्माले बताउनुभयो । अध्यक्ष शर्माले वडामा एमालेको संगठन सवल भएको र एमालेबाट निर्वाचित हालका वडा अध्यक्षको नेतृत्वमा वडामा उत्कृष्ट कार्यहरु भएकाले पनि एमालेको उम्मेदवारको जित हुने दावी गर्नुभयो ।

वडाको चौतर्फी विकासका लागि आफुले उम्मेदवारी घोषणा गरेको कर्माचार्यले बताउनुभयो । वडा नं ८ मा नेपाली काँग्रेस र नेकपा माओबादीले यसअघिनै उम्मेदवार चयन गरिसकेको छ ।

काँग्रेसबाट हालको वडा सदस्य समेत रहनुभएका हिम बहादुर भण्डारी र माओवादीबाट किसान विश्वकर्माले वडा अध्यक्षको उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । तर जिल्लामा सत्तारुढ पाँच दलविच चुनावी तालमेलका लागि छलफल भईरहकाले वडा नं ८ कस्को भागमा पर्छ भन्ने निस्चित छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार