बेनी नगरपालिका– ७ को अध्यक्षमा एमालेबाट पुनः श्रेष्ठकाे उम्मेदवार

म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बेनपा -७ ,मा हालको वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठलाई नै अध्यक्षको उम्मेदवार बनाएको छ । सोमवार सम्पन्न वडा कमिटीको बैठकले श्रेष्ठलाई वडा अध्यक्षको उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरको हो ।

त्यस्तै बैठकले खल्ला सदस्यमा रमेश फगामी र महिला सदस्यमा पुष्पा थापालाई उम्मेदवार बनाउने निर्णय गरको नेकपा एमाले बनी नगरकमिटी अध्यक्ष नारायण जिसीले जानकारी दिनुभयो । १ जना खुल्ला सदस्य र दलित महिला सदस्यको उम्मेदवार भने पछि चयन गरिनेछ ।

अध्यक्षको उम्मेदवार श्रेष्ठले बेनपा ७ को बिकास र समृद्धिका लागि थप सक्रियताका साथ काम गर्ने प्रतिवद्धताका साथ पार्टीले दिएको जिम्मेवारीलाई वहन गरको बताउनुभयो । साथै उहाँले अमूल्य मत प्रदान गर्न पनि बेनपा ७ का सम्पूर्ण मतदाताहरुलाई अनुरोध गर्नुभएको छ ।

श्रेष्ठले आफ्नो ५ बर्षीय कार्यकालमा बाँकी रहेका कार्यहरुलाई उत्कृष्ट ढंगबाट सम्पन्न गर्ने गरि चुनावी मैदानमा उत्रिएको बताउनुभयो । बैठकमा नगरकमिटी तथा जिल्ला कमिटीका नेताहरुको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार