बेनी नगरपालिकाको मेयर पदका लागि एमालेभित्र आकांक्षी धेरै भएपछि छान्न सकस, चार जना सिफारिस

म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनका लागि बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेबाट चार जना आकाँक्षीहरुको नाम सिफारिस भएको छ ।मंगलबार पार्टी कार्यालय हाँडेभिरमा बसेको नगर कमिटीको बैठकले बेनी नगरको मेयरका लागि प्रमोद श्रेष्ठ, सन्तोष रावल, सुरज केसी र नारायण जिसीको नाम जिल्ला कमिटीमा पठाउने निर्णय गरेको हो ।

त्यस्तै उपमेयरका लागि पनि चारै जना आकाँक्षी देखिएका छन । पशुपति शाही, बिष्णु गुरुङ, भावना पौडेल, र गौरी थापा मगरको नाम उममेयरका लागि सिफारिस गरिएको नगर कमिटी अध्यक्ष नारायण जिसीले बताउनुभयो ।

बैठकमा छलफल गर्दा मेयर र उपमेयरको आकाँक्षी हुँदा टुङगो नलागेपछि जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरिएको हो । जिल्ला कमिटीको बैठक आगामी २ बैशाखमा बस्दैछ ।

बैठकमा पेश गर्नु अगाडि पनि नगर कमिटी भित्र छलफल गरेर उम्मेदवारको आकाँक्षी घटाउन नगर कमिटीलाई निर्देशन दिईएको नेकपा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र बहादुर केसीले बताउनुभयो ।

जिल्ला कमिटीमा नाम पेश भईसकेपछि आकाँक्षीहरुलाई सामुहिक रुपमा राखेर बृहत छलफल गरि उम्मेदवार टुङगो लगाउने भरपुर प्रयास गरिने अध्यक्ष कटुवालले बताउनुभयो । यदि जिल्ला कमिटीले पनि चयन गर्ने नसकेपछि सवै आकाँक्षीहरुको नाम प्रदेश कमिटीमा पठाउने कटुवालको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार