बेनी नगरपालिकाको उपमेयरमा एमालेबाट चार जनाको नाम सिफारिस

म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनका लागि बेनी नगरपालिकाको उपमेयरमा नेकपा एमालेबाट चार जना आकांक्षीहरुको नाम सिफारिस भएको छ ।मंगलबार पार्टी कार्यालय हाँडेभिरमा बसेको नगरकमिटीको बैठकले बेनी नगरको उममेयरका लागि पशुपति शाही, बिष्णु गुरुङ, भावना पौडेल, र गौरी थापा मगरको नाम सिफारिस गरिएको नगर कमिटी अध्यक्ष नारायण जिसीले बताउनुभयो ।

बेनी नगरपालिका– ६ निवासी उपमेयरका आकांक्षी शाही नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवम् अखिल नेपाल महिला संघ म्याग्दीकी उपाध्यक्ष हुनुहुन्छ ।

बेनी नगरपालिका वडा नम्बर ४ निवासी गुरुङ जिल्ला कमिटी सदस्य एवम् अनेमसंघकी सचिव हुनुहुन्छ । बेनपा –७, निबासी पौडेल नगर कमिटी सचिवालय सदस्य एवम् अनेमसंघकी जिल्ला सदस्य हुनुहुन्छ भने बेनी नगरपालिका– १, निवासी थापा २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा नम्बर १बाट वडा सदस्यमा बिजयी भई बेनी नगरकार्यापालिका सदस्य हुनुभएको थियो । उहाँ हाल एमाले बेनी नगर कमिटीको सचिवालय सदस्य समेत हुनुहुन्छ ।

बैठकबाट उपमेयरको उम्मेदवार टुङगो नलागेपछि जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरिएको हो । आगामी बैशाख २ गते बस्ने जिल्ला कमिटीको बैठकमा आकाँक्षीहरुलाई सामुहिक रुपमा राखेर बृहत छलफल गरि उम्मेदवार टुङगो लगाउने भरपुर प्रयास गरिने अध्यक्ष कटुवालले बताउनुभयो । यदि जिल्ला कमिटीले पनि चयन गर्न नसकेपछि सवै आकाँक्षीहरुको नाम प्रदेश कमिटीमा पठाउने कटुवालको भनाई छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार