रघुगंगामा एमालेबाट अध्यक्षमा प्रेम बहादुर कार्की र उपाध्यक्षमा यामकुमारी गर्बुजाकाे उम्मेदवार घोषणा

म्याग्दी । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्षमा एमालेबाट प्रेम बहादुर (दिपक) कार्की र उपाध्यक्षमा यामकुमारी गर्बुजालाई सर्वसम्मत उम्मेदवार बनाउने घोषणा गरेको छ ।

एमाले रघुगंगा गाउँपालिका कमिटिको बैठकले अध्यक्षमा कार्की र उपाध्यक्षमा गर्बुजालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय  गरेको एमाले अध्यक्ष देबेन्द्र बहादुर केसीले बताउनुभयो ।

एमालेले रघुगंगा गाउँपालिका, वडा नं १ बेगमा धन बहादुर गर्बुजा, २ भगवतीमा अमृत भण्डारी, ३ पिप्लेमा खिम बहादुर शाही, ४ दग्नाममा ईन्द्रमान थजाली, ५ झिंमा तेजु सेरपुजा, ६ पाखापानीमा शम्सेर पाईजा र ७ चिमखोलामा रिम पाईजालाई वडाध्यक्ष सर्वसम्मत बनाउने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार