बेनी नगरपालिकाको मेयरमा कांग्रेसबाट शर्मा सर्वसम्मत उम्मेद्धार चयन

बेनी । नेपाली कांग्रेस म्याग्दीले बेनी नगरपालिकाको मेयरमा वरिष्ठ अधिवक्ता चिरञ्जिवी शर्मालाई सर्वसम्मत उम्मेद्धारी चयन गरेको छ । शुक्रबार पार्टी कार्यालय बेनीमा सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’को सभापतित्वमा बसेको पदाधिकाररुहरुको बैठकले आगामी ३० बैशाखमा हुने निर्वाचनमा बेनी नगरको मेयरमा कांग्रेस म्याग्दीका पुर्व जिल्ला सचिव समेत रहनुभएका शर्मालाई चयन गरेको सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार,विहिबार कांग्रेस बेनी नगर कार्यसमितिले १० जना आकांक्षीको नाम सिफारिस गरेको थियो । शुक्रबार बसेको बैठकमा बाँकी ९ जनाले अधिवक्ता शर्मालाई समर्थन गरेपछि बेनी नगरपालिका–१० पात्लेखेत निवासी शर्मा सर्वसम्मत नगर प्रमुखको उम्मेद्धार चयन हुनुभएको हो । यसअघि सम्पन्न कांग्रेस म्याग्दीको जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा सबै भन्दा बढी मत लिएर विजयी हुनुभएको थियो । विहिबार नगर कार्यसमितिले मेयरमा १० जना र उपमेयरमा ३ जना आकांक्षीहरुको नाम जिल्ला कार्य समितिमा सिफारिस गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार