कांग्रेस नेताहरुलाई कार्यकर्ताले कार्यालयमै थुनिदिए

पोखरा । सत्ता गठबन्धनको निर्णय अमान्य भन्दै कांग्रेस कार्यकर्ताले जिल्ला समिति कास्कीका पदाधिकारीलाई कार्यालयभित्रै थुनिदिएका छन् ।

पोखरा महानगरको मेयरको उम्मेदवार कांग्रेसले पाउनुपर्ने भन्दै सुरुदेखि नै माग राख्दै आएका उनीहरुले जिल्ला समितिको पदाधिकारी बैठक बसिरहेको बेला नेताहरुलाई कार्यालयभित्रै थुनिदिएका हुन् ।

सत्ता गठबन्धनको भागबण्डामा पर्दा पोखराको मेयरको उम्मेदवार नेकपा एकीकृत समाजवादीले पाउने यसअघि नै सहमति भईसकेको छ । तर, कांग्रेसका कार्यकर्ताले भने यो निर्णयको विरोध गर्दै आएका छन् । कांग्रेस कास्कीका सहसचिव नवीन सिग्देलले भित्र बैठक बसिरहेको बेला बाहिरबाट कार्यकर्ताले आफुहरुलाई थुनेको जानकारी दिए । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार