![](https://myagdinews.com/wp-content/uploads/2022/04/prabesh-3.jpg)
जनकपुर । युवासंघ महोत्तरीका इञ्चार्ज कुन्दन झाले एमाले परित्याग गरी माओवादी प्रवेश गर्नुभएको छ । आश्वासन दिएर एमालेले मेयरको टिकट नदिएपछि उहाँले पार्टी परित्याग गर्नुभएको हो ।
माओवादीका केन्द्रीय सदस्य रामकुमार शर्माले उहाँलाई पार्टी प्रवेश गराउनुभएको हो । माओवादीले मनरा सिसवा नगरपालिकाबाट उहाँलाई मेयरको टिकट दिने जनाएको छ। सर्वसम्मतिले उहाँलाई मेयरको टिकट दिने निर्णय भएको नेता शर्माले जानकारी दिनुभयो । झा एमालेको युवा संघमा केन्द्रीय सचिवालय सदस्य समेत हुनुहुन्थ्यो । सेतोपाटीबाट