एजेन्सी । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनले पश्चिमी देशहरुबाट प्राप्त हतियारको अर्थ नेटो गठबन्धनले रुससँग युद्ध गरिरहेको जस्तै भएको बताउनुभएको छ । सोमबार एक अन्तरवार्ताका बेला लावरोफले भन्नुभयो, ‘यो हतियारहरु रुसको सैन्य कारवाहीलाई वैध लक्ष्य हुनेछन् ।’
लावरोफले थप्नुभयो, ‘वास्तवमा नेटो रुससँग छद्म युद्धमा छ । युद्धको अर्थ युद्ध हो ।’रुसी विदेशमन्त्रीले हालको संकट परमाणु युद्धमा फेरिन सक्ने स्वीकार गर्नुभएको छ । उहाँका अनुसार रुसले संघर्षलाई त्यो स्तरसम्म बढाउन चाहँदैन तर परमाणु युद्धको खतरा साँचो हो । रातोपाटीबाट