श्रेष्ठद्धारा जन्मदिनको अवसरमा बालगृहका बालबालिकालाई आर्थिक सहयोग

बेनी । जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार सहर देखी गाउँसम्म बढ्दै गएको छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरुको विचमा म्याग्दीका एक व्यक्तिले जन्मदिन बालगृहका बालबालिकासंग मनाउनुभएको छ । तर, बेनी नगरपालिका–७, संगमचोक घर भएको सफल व्यवसायी सुविन श्रेष्ठले जन्मदिनको अवसरमा बेनीमा सञ्चालित बालगृहमा रहेका ११ जना बालबालिकालाई आर्थिक सहयोग गर्नुभएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष , म्याग्दी जेसीज, लायन्स क्लव अफ बेनी सिटीका पूर्व अध्यक्ष,नेपाल बाल संगठन,म्याग्दीका पूर्व सचिव एवं विभिन्न सामाजिक संघ संस्थामा सक्रिय श्रेष्ठले बालगृहमा रहेका बालबालिकाहरुको शैक्षिक गतिविधिमा सहयोग होस् भनी आफ्नो जन्मदिनको अवसर पारेर नगद रु ११ हजार ५ सय ४१ आर्थिक सहयोग प्रदान गर्नु भएको बालगृहले जनाएको छ ।

नेपाल बाल संगठनमा तत्कालिन समयमा सचिव हुँदा  देखिनै लामो समय देखि नेपालीहरुको ठूलो चाड दशै र आफ्नो जन्मदिनमा बर्षै पिच्छे सधैं बालबालिकाहरुलाई हौसला प्रदान गर्दै नियमित सहयोग गर्दै आईरहनु भएको छ।  जन्मदिनमा कुनै नयाँ योजना नबनाई बालगृहमा सहयोग गरेको बताउनुभयो । जिल्लाकै पुरानो र प्रतिष्ठित व्यवसायी श्रेष्ठ परिवारले विभिन्न समयमा विद्यालय, वृद्धाश्रम सामाजिक संघ संस्थाालाई सहयमेग म्रदान गर्दे आइरहनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार