काठमाडौँ । नेपाल सरकारका पूर्वसचिव केदार न्यौपाने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्नुभएको छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताले न्यौपानेलाई राप्रपामा स्वागत गर्नुभएको थियो ।
अध्यक्ष लिङ्देनले मंगलबार सदस्यता दिएर उहाँलाई पार्टीमा स्वागत गर्नुभएको हो । पार्टी प्रवेश कार्यक्रममा पूर्वअध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, नेताहरू दिपक बोहरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्ती मगर लगायतका नेताहरूले न्यौपानेलाई पार्टीमा स्वागत गर्नुभएको थियो । नागरिक खबरबाट