काठमाडौंका टोल–टोलमा पार्क बनाउँछौं : सिंह

काठमाडौँ । सत्तागठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले टोल(टोलमा पार्क बनाउने बताउनुभएको छ।आफूले मेयर जितेमा महानगरबाट अस्पताल नै सञ्चालन गर्ने योजना उहाँले सुनाउनुभएको छ ।

उहाँले शिक्षा, स्वास्थ्य र सफा काठमाडौं आफ्नो प्राथमिकताका क्षेत्र भएको बताउनुभयो । शिक्षक संघको महानगर समितिले आज गरेको छलफलमा उहाँले सबैलाई शिक्षा र सबैको पहुँमा स्वास्थ्य सेवा पुर्‍याउन काम गर्ने बताउनुभयो छ । उहाँले सरकारी विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्न महानगरले पनि ध्यान दिने बचाउनुभयो ।

उहाँले सुविधा सम्पन्न अस्पताल खोलेर महानगरवासीलाई स्वास्थ्य सेवा दिने बताउनुभएको छ। ‘महानगरमा अस्पताल खोलेर दिनदुस्खी र जेष्ठ नागरिकलाई निस्शुल्क उपचार दिन्छौं,’ सिंहले भन्नुभयो। महानगरले अस्पताल खोलेपछि सरकारी अस्पतालमा हुने चाप घट्ने र अन्य अस्पतालको सेवा पनि सुधार हुँदै जाने उहाँको विश्वास छ।उहाँले महानगरका ३२ वडामै जेष्ठ नागरिक भवन बनाउने बताउनुभयो। ‘महानगरले व्यापारिक प्रयोजनका ठूला भवन बनाउँदैन,’ उहाँले भन्नुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार