काठमाडौं-२८ को वडाध्यक्षमा पुन:कांग्रेसका भाइराम

काठमाडौं ।  महानगरपालिकाको वडा नम्बर २८ मा कांग्रेसले जितेको छ।निर्वाचन आयोगका अनुसार २८ नम्बर वडामा कांग्रेस उम्मेदवार भाइराम खड्गी प्रकाशले वडाध्यक्ष पदमा विजय हासिल गरेका हुन्।

भाइरामले यो वडामा १२८२ पाएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका विपेन्द्र खड्गीले १०७३ मत पाएका छन् । भाइराम यसअघि पनि यो वडाका वडाध्यक्ष थिए । यसअघि कांग्रेसले वडा नम्बर ३० मा जितेको थियो । कांग्रेसका दलबहादुर कार्कीले एमाले उम्मेदवार कृष्णभक्त खड्गीलाई हराएका थिए ।

अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५ एमालेले जितेको छ।अहिले ६, ७, ८, २७, २९, ३१ र ३२ वडामा मत जारी छ।काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह सबभन्दा अगाडि छन्। हालसम्म करिब ८० हजार मत गनिसक्दा बालेनले २६ हजार ८३८ मत पाएका छन्।एमाले उम्मेदवार केशव स्थापितले १४ हजार २७७ मत पाएका छन् भने कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहले १३ हजार ६७३ मत ल्याएकी छन्। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार