गलेश्वरघाम आमा समुहले नगरका जनप्रतिनिधीहरुलाई बधाई तथा स्वागत

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई दिएका छन् । शनिबार गलेश्वरघाम आमा समुहको आयोजनामा गलेश्वरमा एक कार्यक्रम बिच बेनी नगर पालिकाकामा निर्वाचित प्रमुख सुरज केसी, उपप्रमुख ज्याती लामीछाने तथा वडा नम्वर ९का वाडा अध्यक्ष चक्रबहादुर केसी लगएतका जनप्रतिनिधिलाई बधाई तथा स्वागत गरिएको हो ।

 

बधाई तथा स्वागतज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरज केसीले नगरपालिकामा भएको बेजत र योजना छित्तो समधान गर्ने तर्फ लाग्ने बताउनु भयो । नयाँ आर्थिक बर्षमा वडा तहमा सम्वोधन भएनन् भने याहाँहरुले लेखेका याहाँ दिनुभएका कुराहरु नगरपालिकाबाट बचेत बिनियोजन गरेर गलेश्वर क्षेत्रका समस्य समधान गर्ने छौ, ‘उहाँले भन्नुभयो’ । आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै गलेश्वरबाट पछाइ, जगन्नाथ हुदै टोद्के जोडेर कम्तीमा मुस्तङ्ग जाने पर्यटकलाई एक दिन गलेश्वर क्षेत्रमा बस्ने गरी योजना बनाउछौ जसले गलेश्वरवासीको आयस्रोतमा थप टेवा पुग्ने छ केसीले भन्नु भयो ।


बेनी नगरपालिका उपप्रमुख जोती लामिछानेले आमा समुहहरु कुर्ची टेवलमा मात्रै सिमित नभएर जिवन स्थर उत्थान र आत्म निर्भर बनाउन आय आर्जनमा जोडिनु पर्ने बताउनु भयो । नगरपालिकालाई समृद्ध बनाउन हामीले आय आर्जनमा जोडिएर समाजलाई टेवा पुग्ने खालको सिममुलक योजनाहरु ल्याउने छौ, ‘उहाँले भन्नु भयो’ । मुक्तिनाथको मुख्य प्रवेस द्वार मानिने बेनी गलेश्वरको फोहर ब्यावस्थपन गर्न नगरपालिकाले प्रतिनिधित्व गर्ने योजनामा रहेको लामीछानेले बताउनु भयो ।

बेनी नगरपालिका ९ घतानका वडाध्यक्ष चक्र बहादुर केसले नेता भएर होईन जनताको सेवक बनेर नगरवासीको सेवा गर्ने बताउनु भयो । शुन्दर गलेश्वरको परिकल्पना गरेर जुन गुरु योजनालाई दिनुभएको छ यो गरु योजनालाई फेरी पनी गलेश्वरवासी संग अनौपचारिकरुपमा छलफल गरेर प्राथमिक्ताको आधरमा क्रर्मागत संवोधन गर्ने प्रतिबद्ध छु ,‘उहाँले भन्नुभयो’ ।


नेपाली कांग्रेस म्याग्दीका लिल्ला सदस्य तथा दलित संघ म्याग्दीका उपाध्यक्ष बालकुमार लामिछानेले देशको पाँचौ स्थानमा रहेको दलित समुदाय म्याग्दीमा २८ हजार जनसंख्य मध्य नगरपालिकाम करिब १० हजार दलित समुदय रहेको बताउनु भयो । दलित समुदयको छुवाछुत तथा जातिय विभेद जस्तो कलंक कुसंस्कार रुदीवाडीको अन्त्य गर्नु पर्ने बताउनु भयो । गलेश्वर शिवालय विकाश क्षेत्रका उपाध्यक्ष बमबहादुर पुन गलेश्वार आमा समुहकी सहसचिव नविना केसी लगएतले शुभकामना मन्तव्य राखेका थिए । गलेश्वरघाम आमा समुहकी अध्यक्ष फुलकुमारी रोकाको सभापतित्व बिन्दु पुर्जाको स्वगत र निशा जिसीको सञ्चालनमा कार्यक्रम समापन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार