गोकुल बास्कोटाको नगरमा एकीकृत समाजवादी विजयी

काभ्रे । काभ्रेको मण्डन देउपुर नगरपालिका प्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी हुनुभएको छ । गठबन्धनबाट उम्मेदवार बनेका टोकबहादुर वाइबा ९ हजार ४ सय ६ सहित नेकपा एसका मेयर बन्नुभएको छ । उहाँले पराजित गरेका एमाले उम्मेदवार विदुरप्रसाद सापकोटाले ८ हजार ३ सय ५१ मत पाउनुभएको छ ।

मण्डनदेउपुर एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बास्कोटाको घर रहेको नगरपालिका हो भने यो ठाउँ उहाँको निर्वाचन क्षेत्र अन्र्तगत पर्दछ । उपमेयरमा नेपाली काँग्रेसका विष्णुमणी नेपाल ११ हजार ३ सय ५ मत पाएर विजयी हुनुभएको छ । पराजित भएकी एमालेकी सरिता ढकालले ६ हजार ९ सय २४ मत ल्याउनुभएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार