जलाशययुक्त विद्युत आयोजनामा जोड दिऊँ : वर्षमान पुन

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आगामी बजेटमा ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको छ। निर्यात बढाएर विदेशी मुद्रा सञ्चिती गर्न ऊर्जा क्षेत्रले मात्रै योगदान गर्न सक्ने भएकाले यसलाई उच्च प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)माथिको छलफलमा भाग लिंदै पुनले जलाशययुक्त आयोजनालाई प्राथमिकता दिन, विद्युतीय गाडी र भान्सामा विद्युतीय चुलोका लागि सहुलियत कार्यक्रम ल्याउन सुझाव दिनुभयो । यसबाट वार्षिक एक खर्ब बराबरको ग्यास प्रतिस्थापन हुने र विदेशी मुद्रा सञ्चितीमा सहयोग पुग्ने उहाँको भनाइ छ ।

नेपाल मौलिकतासहितको संघीय संरचनामा गएको भन्दै अहिले राज्यबाट जनताले धेरै अपेक्षा गरेको समेत उहाँले बताउनुभयो। अब राज्य संयन्त्रको प्राथमिकता आर्थिक रुपान्तरणमा हुनुपर्ने भन्दै उहाँले बजेट दिगो र समावेशी आर्थिक सामाजिक विकासतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । सीमित स्रोतसाधन भएका कारण कतै लिइएका लक्ष्य पूरा हुन नसक्ने हो कि भन्नेमा भने सचेत हुन उहाँले अर्थमन्त्रीलाई सुझाव दिनुभयो । कृषिलाई प्राथमिकतामा राख्न सुझाव दिंदै उहाँले यसबाट गरिबी निवारण, आयात प्रतिस्थापन र कृषिमा आधारित उद्योग विकास गर्न सकिने उल्लेख गर्नुभयो ।onlinekhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार