बार्सिलोना अन्तिम खेलमा घरेलु मैदानमै पराजित

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलको अन्तिम खेलमा बार्सिलोना घरेलु मैदानमै भियारियालसँग २–० ले पराजित भएको छ । घरेलु मैदान क्याम्प नोउमा जितसहित सिजनको सुखद् अन्त्य गर्ने बार्सिलोनाको लक्ष्यमा भियारियालका अल्फान्सो पेडराजा र मोइ गोमेजको गोल बाधक बन्यो ।

दोस्रो स्थानको बार्सिलोनाले ३८ खेलमा ७३ अंक जोड्दा सातौ स्थानको भियारियालको भने समान खेलमा ५९ अंक रहयो । बार्सिलोनाले ला लिगा च्याम्पियन रियाल मड्रिडभन्दा १३ अंकले पछि रहँदै सिजनको अन्त्य गरेको हो । बार्सिलोनाले सिजनको खराब सुरुवातका बाबजुद दोस्रो स्थानमा बस्दै च्याम्पियन्स लिगको टिकट पक्का गरिसकेको थियो ।

बार्सिलोनामाथिको जितपछि भियारियालले भने क्याम्प नोउमा लगातार १० हारको शृंखलामा पूर्णबिराम लगाएको छ । त्यस्तै, एट्लेटिको मड्रिडले सिजनको सुखद् अन्त्य गर्ने क्रममा रियाल सोसिडाडलई २–१ ले हरायो । सेभियाले पनि सिजनको सुखद् अन्त्य गर्ने क्रममा एथ्लेटिक बिल्बाओलाई १–० ले पराजित गर्‍यो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार