बिल गेट्सलाई कोरोना संक्रमण

एजेन्सी । संसारका धनाढ्य व्यक्तिहरूमध्येका एक माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सलाई कोरोना संक्रमण भएको छ। सामाजिक सञ्जाल ट्विटरमार्फत् गेट्सले आफूलाई कोरोना संक्रमण भएको र सामान्य लक्षण रहेको जानकारी दिनुभएको छ ।

फोर्ब्स पत्रिकाका अनुसार गेट्स अहिले संसारको चौथो धनी व्यक्ति हुनुहुन्छ । उहाँसँग १२६.६ अर्ब डलरको सम्पत्ति छ । ६६ वर्षीय गेट्सको गत वर्ष मेलिन्डा फ्रेन्चसँग पारपाचुके भएको थियो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार