भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक दिने नेपाल भ्रमणका क्रममा लुम्बिनी आइपुग्नुभएको छ । प्रधानमन्त्री मोदी केही बेरअघि लुम्बिनी आइपुग्नुभएको हो ।

मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गर्नुभएको छ । मोदी भारतीय वायु सेनाको हेलिकप्टरबाट लुम्बिनी आउनुभएको हो । बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धको पूजा, आराधनाका लागि लुम्बिनी आएका मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ ।

उहाँले ११ बजे मायादेवी मन्दिरको दर्शन गर्ने, ११ः३० बजे भूमि पूजामा सहभागी हुने, १२: २० परराष्ट्रमन्त्री डा।नारायण खड्कासँग भेट गर्ने, १२ः ३० मा प्रधानमन्त्री देउवासँग भेट्ने, १२ः४५ मा नेपालको प्रतिनिधिमण्डलसँग भेटघाट गर्ने, १ः ३० मा प्रधानमन्त्री देउवाद्वारा आयोजित लञ्चमा सहभागी हुने, २ बजे विशेष व्यक्तित्वहरुसँग भेटघाट गर्ने, ३ः ३० बजे बुद्ध जयन्ती सेलिब्रेशनमा सहभागी बन्ने र साँझ ५ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार