यू–१९ महिला क्रिकेटको कप्तानमा कृतिका मरासिनी

काठमाडौं । यू–१९ महिला क्रिकेट टिमको कप्तानमा कृतिका मरासिनी छनोट हुनुभएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले सोमबार कृतिका मरासिनीलाई कप्तानको रुपमा घोषणा गरेको हो ।

मलेसियामा हुने यू–१९ विश्वकप छनोट खेल्न जानुअघि टिमको नयाँ कप्तानको जिम्मेवारी कृतिका मरासिनीलाई दिएको हो । ४ जुनदेखि मलेसियामा हुने प्रतियोगितामा नेपालले मलेसिया, युएई, थाइल्यान्ड, चीन, भुटान, म्यानमार र कतारसँग प्रतिस्पर्धा गर्नेछ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार