रुकुम पूर्वमा एमाले कार्यकर्ताको हत्या आरोपमा ३ जना पक्राउ

रुकुम । पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा एमाले निकट जुनमाया बुढाको हत्या भएको छ । वैशाख १९ मा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको थियो । झडपपछि जुनमाया बेपत्ता भइन् ।

वैशाख २६ मा जुनमाया पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर–११ स्थित जंगलमा मृत भेटिइन् । जुनमायालाई हत्या गरेको आरोपमा ३ जनालाई पक्राउ गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआईजी नलप्रसाद उपाध्यायले बताउनुभयो । पक्राउ पर्नेमा अर्जुन बुढा, कुमार सिंह र जयकुमार बुढा छन् ।

हत्या आरोपमा पक्राउ परेकाहरु नेकपा माओवादी केन्द्रका कार्यकर्ता हुन् । नेकपा एमाले र माओवादी केन्द्रको बीचमा पुथा उत्तरगंगा–११ स्थित तल्लासेरामा झडप भएको थियो । झडप भएको ठाउँभन्दा १ घण्टा माथि जंगलमा जुनमाया मृत भेटिएकी हुन् । मृतकको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार