सशस्त्रको आईजीपीमा राजु अर्याल नियुक्त

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी)मा राजु अर्याललाई नियुक्त गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अर्याललाई आईजीपीमा बढुवा गरेको हो । अर्याल सशस्त्र प्रहरी बलका १२ औं आईजीपी हुन् ।

२०७९ वैशाख १४ मा सरकारले अर्याललाई सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको थियो । सशस्त्र प्रहरी महानिरिक्षक पुष्पराम केसी आइतबार मध्यरातबाट अवकाशमा जाँदै छन् । २०७८ चैत ३० मा आईजीपीमा नियुक्त भएका केसीलाई आइतबार सशस्त्र प्रहरी मख्यालय हलचोकबाट बिदाई गरिँदैछ ।

आफ्नो ब्याचमा अर्याल वरियता सूचीको १ नम्बरमा थिए । अर्याललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेसँगै भावी सशस्त्र प्रहरी महानिरीक्षकमा प्रतिस्पर्धाको अन्त्य भएको थियो । आईजीपी नियुक्त भएका अर्याल र २०५४ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । आईजीपीको रुपमा अर्यालको कार्यकाल ४ वर्षको हुनेछ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार