स्थापना दिवसमा बेनी अस्पतालका विरामीहरुलाई फलफुल वितरण

बेनी ।नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीले १ सय ११ औं स्थापना दिवसको अवसरमा बेनी अस्पतालका बिरामीलाई फलफुल वितरण गरेको छ । दिवसको अवसरमा बेनी अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण गर्दै संविधान सभाका सदस्य एवम् पूर्व सभापति रेशम बहादुर बानियाँले मजदुरको पक्षमा कांग्रेस सधै सक्रिय रहेको बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा एकल उम्मेदवारी दिएको र साझा समुहबाट उम्मेदवार दिएकालाई विजय बनाउने अभियानमा सक्रिय हुनुपर्ने बताउनुभयो ।

श्रमिक र स्वरोजगार क्षेत्रमा स्थानीय तहले बजेट विनियोजनमा प्राथमिकता दिनुपर्नेमा बानियाँको जोड थियो । दिवसको अवसरमा आयोजित कार्यक्रममा पार्टी सचिव हिरा पुन, बेनी अस्पतालका प्रमुख डा। जितेन्द्र कँडेल, नेपाल ट्रेड युनियन कांग्रेसका निर्वतमान अध्यक्ष दुर्गाराम सुबेदी, कांग्रेसका नेता कृष्णप्रसाद बरुवाल, बेनपा ८ का वडा अध्यक्ष प्रत्यासी हिमबहादुर भण्डारी लगायतको उपस्थिती रहेको थियो । नेपाल ट्रेड युनियन म्याग्दीका अध्यक्ष कोमलप्रसाद ढुंगानाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार