सरकारले काबिल आईजीपी छनोट गरेको छ : गृहसचिव

काठमाडौँ । गृहसचिव टेकनारायण पाण्डेले मन्त्रिपरिषद्ले काबिल आईजीपी छनोट गरेको बताउनुभएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिन्ह लगाउँदै सचिव पाण्डेले भन्नुभयो– ‘सरकारले छनोट गरेका आईजीपी काविल छन् ।’

सशस्त्र प्रहरी बलका आईजीपी नियुक्त अर्यालबारे विवाद भएको छैन । तर, नेपाल प्रहरीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेसँगै दुईजना सिनियर एआईजी असन्तुष्ट बन्नुभएको छ । सरकारले १६ महिना सिनियर विश्वराज पोखरेल र देस्रो बरियताका सहकुल थापालाई छाडेर तेस्रो वरियतामा रहेका सिंहलाई आईजीपी नियुक्त गरेको छ ।

जेष्ठताको आधारमा मात्रै प्रहरीको सर्वोच्च पदमा पुग्न सकिने उल्लेख गर्दै गृहसचिव पाण्डेले भन्नुभयो– ‘विगतमा राम्रो नेतृत्व गरेर आएको व्यक्ति नै आईजीपी जस्तो गरिमामय पदमा आसिन हुन सक्छन् ।’ आईजीपीको रुपमा धिरजप्रताप सिंह १० महिना २१ दिन प्रहरीको नेतृत्वमा रहन्छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार