बरंजामा जिप दुर्घटना , ७ जना घाईते

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका ३ बरंजामा बोलेरो जिप दुर्घटना भएको छ । मंगलबार अपरान्ह ४ बजेकाे समयमा ध १ ज ६०४ नम्वरको बोलेरो जिप दुर्घटना हुँदा जिपमा सवार सात जना घाईते भएका छन ।

जिप पाखाघर नेरको घुम्ती बाट करिव ३० मिटर तल पुगेर वाँसको घारीमा अड्किएको थियो । घाईतेहुनेहरुमा मंगला ३ निवासी प्रेम प्रसाद छन्त्याल, नन्दकली घर्ति, हरिकला रोका, मंगला ४ का भक्त प्रसाद पूर्जा, मंगला ५ का गिरी प्रसाद घर्ति र मंगला ५ कै चालक समेत रहेका कृष्ण फगामी रहेका छन ।

 

दुर्घटना लगत्तै स्थानीय युवाहरुले उद्धार गरि घाइतेहरुलाई बेनी अस्पताल ल्याएका थिए । घाइतेहरुको हात, खुट्टा, टाउको लगायत शरिरका विभिन्न भागमा चोट लागेको छ । बेनी अस्पतालमा उपचार पश्चात घाइतेहरुलाई डिस्चार्ज गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा।जितेन्द्र कँडेलले जानकारी दिनुभयो ।

अहिले घाइते सवैको अवस्था खतरामुक्त रहेको छ । घुम्तीमा ब्रेक फेल भएपछि गाडि अनियन्त्रित भई सडकबाट तल खसेको प्रहरीले जनाएको छ । बोलेरो जिप मंगला ३ खानिगाउँबाट जन्ति र विहेको सामान लिएर मंगला ५ गहँते जान हिँडेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार