बिदा नबसी एआइजी थापा नियमित काममा फर्किँदै

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सहकुलबहादुर थापा आजदेखि नियमित काममा फर्किने भएका छन् ।

प्रहरी महानिरीक्षक (आइजीपी) बढुवाप्रति असन्तुष्ट उनी १० दिन बिदामा बस्ने पक्षमा थिए । तर, सोमबार गृहमन्त्री बालकृष्ण खाणसँग भेटघाट भएपछि उनी काममा बिदा नबसेर काममा फर्किन तयार भएका हुन् ।

थापा कनिष्ठ एआइजीलाई आइजीपी बनाएपछि असन्तुष्ट थिए । वरिष्ठताका आधारमा उनी दोस्रो वरियताका एआइजी हुन् । पहिलो वरीयतामा भने विश्वराज पोखरेल छन् । पोखरेल भने न्यायका लागि भन्दै सर्वोच्च अदालत पुगेका छन् ।

थापा भने अदालत गएनन् । उनी प्रहरीको कार्य विभागको नेतृत्वमा छन् । सोही विभागले नै निर्वाचन सुरक्षा मामिला हेर्ने गर्छ । निर्वाचनको संघारमा गृहमन्त्री खाणले थापालाई बिदा नबसी सहयोग गरिदिन आग्रह गरेका थिए । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार