राष्ट्रिय आवश्यकताका लागि गठबन्धन गरिएको हो : देउवा

विराटनगर । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताअनुसार राजनीतिक दलहरुबीच गठबन्धन भएको बताउनुभएको छ । ‘सबल स्थानीय सरकारः समन्नुत गाउँ, समुन्नत नगरप्रमुख’ नाराका साथ नेपाली कांग्रेस मोरङद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले स्थानीय तहमा गठबन्धनका उम्मेदवार जिताउन अपिल गनुभयो ।

सत्तारुढ दलसँग बनेको गठबन्धनका उम्मेदवारलाई स्थानीय तहमा उत्साह र जागरका साथ जिताउन आग्रह गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा सामेल दलका कारण आफू प्रधानमन्त्री बनेको स्पष्ट पार्नुभयो । अहिले कसैको डर र त्रास नभएको अनुभूति जनताले गरेको बताउँदै उनले प्रजातन्त्रको फल गाउँ तहसम्म पुर्‍याउन गठबन्धन बनेको धारण राख्नुभयो ।

उहाँले नेपाली कांग्रेसले धोखा खाएर पनि कसैलाई धोखा नदिने प्रतिबद्धता व्यक्त गर्दै विराट राजाको दरबार भएको ठाउँ पुरातात्विक विभागसँग परामर्श गरेर बजेट व्यवस्था बताउनुभयो । प्रधानमन्त्री देउवाले आगामी सरकार नेपाली कांग्रेसको बनेमा ६५ वर्षदेखिका मानिसलाई ज्येष्ठ नागरिक भत्ता दिने भन्दै सरकारले अहिले असाध्य रोग लागेका मानिसलाई मासिक रु ५ हजार भत्ता दिएको जानकारी दिनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार