संघीयता र लोकतन्त्र रक्षाका लागि गठबन्धन गरियो : श्रेष्ठ

खाँदबारी । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले संघीयता र लोकतन्त्र रक्षाका लागि पाँच दलीय गठबन्धन निर्माण भएको बताउनुभएके छ । बुधबार सङ्खुवासभाको मादीमा भएको जनसभालाई सम्बोधन गर्न आएका श्रेष्ठले प्रतिगमनको खतरा भएका कारण पनि गठबन्धन जरुरी भएको बताउनुभयो ।

‘पाँच दलीय गठबन्धन हाम्रो कामनाले, इच्छाले गरिएको होइन,’ उहाँले भन्नुभयो,’नेपालमा ६ दशक लामो संघर्ष गरेर, जनयुद्ध र जनआन्दोलनको संयोजनमा ल्याइएको परिवर्तन र लोकतन्त्रलाई उल्ट्याउने कदम चालिन थालेपछि त्यो प्रतिगमनलाई असफल पार्न पाँच दलीय गठबन्धन गरिएको हो ।’नेपाली जनताले रगत पसिना बगाएर प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्न गठबन्धन बनेको उहाँको भनाइ थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार