गठबन्धनको पक्षमा माहोल बनेको छ : नेपाल

चितवन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धको पक्षमा राम्रो माहोल बनेको बताउनुभएको छ । सत्ता पक्षीय गठबन्धनले आज चितवनमा आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न आएका अध्यक्ष नेपालले गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्नेसमेत दाबी गर्नुभयो ।

‘राम्रोसँग व्यवस्थापन गरेका छौँ,’ उहाँले भन्नुभयो । ‘सबै स्थामा गठबन्धन भए राम्रो हुन्थ्यो’ भन्ने प्रतिक्रिया जनताबाट आएको भन्दै उहाँले गठबन्धनलाई निर्वाचन जिताउने अभियानमा लाग्न सबै उम्मेदवारलाई आग्रह गर्नुभयो । चुनावको माहोल अनुकुल बनाउने भन्दै उहाँले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जनता आतुर रहेको बताउनुभयो ।

भरतपुर महानगरपालिकामा बागी उम्मेदवारी रहेको सन्दर्भमा फिर्ता गराउने कोसिस भइरहेको अध्यक्ष नेपालले बताउनुभयो । राजनीतिक मान्छेले राजनीतिकरुपमा सोच्छ भन्दै उहाँले आफूलाई केन्द्रबिन्दुमा राख्दैन, सिंगो पार्टीलाई केन्द्रमा राख्छ भन्नुभयो । ‘हामीले नेपालको राजनीतिक परिवर्तमा सबै पार्टीबीचमा सहकार्य गर्दै आएका छौँ, सहकार्यबाटै सफलता मिल्छ,’ उहाँले भन्नुसभयो, ‘गठबन्धन दलका नेताले स्वतन्त्र उम्मेदवारी फिर्ता लिनुपर्छ र गठबन्धनको उम्मेदवारको समर्थनमा लाग्नुपर्छ ।’ नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार