निर्वाचन जित्न असहज छैन : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दल बीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दावी गर्नुभइको छ । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले उम्मेदवारी उठ्न जो–कोहीलाई पनि स्वतन्त्रता रहेका जनाउँदै फैसला जनताका हातमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचन जित्न असहज छैन ।’ भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल प्रमुख पदको उम्मेदवार रहनुभएको छ । गठबन्धनले आज यहाँ चुनावीसभा आयोजना गर्दैछ । सभालाई सम्बोधन गर्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार नै चितवन आइसक्नुभएको छ । रासस

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार