आईजीपी नियुक्ति मेरो मृत्युभन्दा पनि दुःखद हो : विश्वराज

काठमाडौँ । आईजीपी नियुक्तिको विषयमा असन्तुष्ट भई सर्वोच्चमा रिट दायर गरेका एआईजी विश्वराज पोखरेलले धिरजप्रताप सिंहभन्दा आफू डेढ वर्ष सिनियर भएको बताउनुभएको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा पोखरेलले सरकारले गरेको आईजीपी नियुक्तिको निर्णय आफ्नो मृत्युभन्दा पनि दुःखद भएको बताउनुभएको छ ।

‘आईजीपी नियुक्ति मेरो मृत्युभन्दा पनि दुःखद हो, श्रीमान’, इजलासमा उहाँले भन्नुभयो, ‘म डेढ वर्ष सिनियर एआईजी हुँ । सिनियरलाई छुटाएर अरुलाई नियुक्ति गर्नु भनेकोचाहिँ मृत्युभन्दा दुःखद हो ।’ उहाँले सरकारको यो निर्णयले आफू र प्रहरी संगठनलाई गम्भीर क्षति पुगेको समेत जिकिर गर्नुभयो । ‘जो प्रहरी संगठनमा आउँछ ऊ आईजीपी वा प्रमुख हुन्छु भनेर आउँछ’, उहाँले इजलासमा भन्नुभयो, ‘संगठन प्रमुख हुन्छु भनेर आउने आकांक्षा जतिबेला पनि निमोठिनसक्छ भन्ने उदाहरण पनि हो यो श्रीमान ।’

उनले आफूले नै एआईजी हुँदा धीरजप्रताम सिंहलाई फुली लगाइदिएको र अहिले जुनियरलाई आईजीपी मान्न नसक्ने उहाँको जिकिर थियो । उनले सरकारको निर्णय उल्ट्याउँदै आफूलाई आईजीपी नियुक्त गरिनुपर्ने माग गर्नुभयो । पोखरेल इजलासमा बोलेसँगै बहस सकिएको छ भने आजै आदेश आउनेछ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार